Above Article Ad
  • मुख्यमन्त्री शाहद्वारा बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    Above Article Content Ad
  • धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटिने गरि बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेका छन्।

    बुधवार धनगढीमा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ को दफा २६ (१) बमोजिम बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्र समेटिने गरी बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको हो।

    Article inline ad #1
  • मुख्यमन्त्री शाहको अध्यक्षतामा  श्रावण १९ गतेको बसेको मन्त्री परिषद्को बैठकले सो क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाको वडा नं. ५, ६,७ र ८, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वडा नं. ५, ६, ७ र ९, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नं. १ र २, तथा अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वडा नं. ४,५ र ६ सहितको जम्मा ४९८.४ वर्ग कि.मी. क्षेत्र समावेस गरिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6