Above Article Ad
  • कैलालीमा पाँच अस्पतालले मापदण्डविपरीत स्वास्थ्य सेवा सञ्चालन गरेको खुलासा

    Above Article Content Ad
  • स्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा अत्तरियास्थित दोगडा सामुदायिक अस्पतालले इजाजतपत्र नवीकरण नगरी सेवा दिइरहेको, पद्यमा अस्पतालले इजाजतबिना प्रयोगशाला सञ्चालन गरिरहेको, र अत्तरिया हस्पिटलले आवश्यक स्वीकृतिबिना कार्डियाक क्याथेटराइजेसन (क्याथ ल्याब) सेवा सञ्चालन गरिरहेको पाइएको हो।

    Article inline ad #1
  • यस्तै, धनगढीस्थित नोभा हस्पिटलले आइसियू सेवा सञ्चालद गरेको तथा केजी अस्पतालले यूरोलोजी सेवा सञ्चालन गरेको पाइएको हो।

    Article inline ad #2

    स्वास्थ्य कार्यालयका अनुसार १५ शय्यामा सञ्चालित दोगडा सामुदायिक अस्पतालको इजाजतपत्रको म्याद सकिएको छ। इजाजतपत्र नवीकरण नगरी सेवा सञ्चालन गरिरहेको पाइएपछि गोदावरी नगरपालिकालाई अस्पतालको सेवा तत्काल रोक्न निर्देशन दिइएको छ।

    स्वास्थ्य कार्यालय कैलालीका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य विष्टले नगरपालिकाबाट जारी भएको अस्पतालको इजाजतपत्रको म्याद सकिएको पाइएपछि तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको बताए। उनका अनुसार इजाजतपत्रको म्याद सकिएपछि अस्पतालले स्वास्थ्य सेवा सञ्चालन गर्न पाउँदैन। इजाजतपत्र नवीकरण गरेपछि भने सेवा सञ्चालन गर्न सकिनेछ।

    यस्तै, अत्तरियास्थित ५० शय्याको पद्यमा अस्पतालले समेत आवश्यक इजाजत नलिई प्रयोगशाला सञ्चालन गरिरहेको पाइएको छ। अनुगमनका क्रममा इजाजतबिना ल्याब सञ्चालन गरेको भेटिएपछि आवश्यक कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई सिफारिस गरिएको विष्टले जानकारी दिए।

    यसअघि अत्तरियाकै अत्तरिया हस्पिटलले समेत कानुनी मापदण्ड पूरा नगरी क्याथ ल्याब सञ्चालन गरिरहेको पाइएको थियो। स्वास्थ्य कार्यालयले अनुगमनपछि कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको छ।

    अत्तरिया हस्पिटलले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक मुटुसम्बन्धी उपचार सेवा सञ्चालन गरेको दाबी गर्दै आएको छ। तर, स्वास्थ्य कार्यालयको अनुगमनमा अस्पतालले सरकारले तोकेको मापदण्ड पूरा नगरी क्याथ ल्याब सञ्चालन गरेको खुलेको हो।

    स्वास्थ्य कार्यालयका अनुसार १०० शय्यामा सञ्चालित अत्तरिया हस्पिटलले हाल जनरल अस्पतालका रूपमा सञ्चालनको अनुमति लिएको छ। जनरल अस्पतालको स्वीकृतिबाट क्याथ ल्याब सेवा सञ्चालन गर्न पाइँदैन।

    जनस्वास्थ्य सेवा नियमावली, २०७७ को अनुसूची–७ अनुसार क्याथ ल्याब सेवा सञ्चालनका लागि १०० शय्याको विशेषज्ञ अस्पताल हुनुपर्ने व्यवस्था छ। जनरल अस्पतालको स्वीकृति लिएर विशेषज्ञ अस्पतालले मात्र प्रदान गर्न पाउने सेवा सञ्चालन गर्नु कानुनी मापदण्डविपरीत हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

    हालको स्वीकृतिअनुसार अत्तरिया हस्पिटलले जनरल फिजिसियन, जनरल सर्जरी, स्त्रीरोग तथा प्रसूति, बालरोग तथा शिशु सेवासहित १२ प्रकारका स्वास्थ्य सेवा मात्र सञ्चालन गर्न पाउने स्वास्थ्य कार्यालयको भनाइ छ।

    स्वास्थ्य कार्यालयका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक विष्टका अनुसार गत २२ साउनमा गरिएको अनुगमनका क्रममा अत्तरिया हस्पिटलले गैरकानुनी रूपमा क्याथ ल्याब सञ्चालन गरिरहेको भेटिएको हो। कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई पत्राचार भइसकेको र अबको प्रक्रिया निर्देशनालयले अघि बढाउने उनले बताए।

    यस्तै, धनगढीस्थित नोभा अस्पताल १५ शय्याको भए पनि आइसियू सेवा सञ्चालन गर्दै आएको थियो। स्वास्थ्य कार्यालयको निर्देशनपछि अहिले आइसियू सेवा बन्द गरिएको छ। यसैगरी, धनगढी चौराहास्थित केजी हस्पिटललाई स्पष्टिकरण सोधिएको छ। अस्पताललाई सेवा सञ्चालन, जनशक्ति र कार्य सम्झौताको कागजपत्र उपलब्ध गराउन स्वास्थ्य कार्यालयले स्पष्टिकरण सोधेको हो।

    साउन २२ गते केजी अस्पतालमा मृगौलाको शल्यक्रिया गरिएकी ५० वर्षीय एक महिलाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले सो विषयमा थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन अस्पताललाई स्पष्टिकरण सोधेको जनाएको छ।

    कैलालीमा जनस्वास्थ्य ऐन र नियमावली तथा विद्यमान स्वास्थ्य सम्बन्धी सरकारले तयार गरेको मापदण्डको उल्लंघन गर्दै निजी स्वास्थ्य संस्थाहरूले इजाजत नै नलिई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको गुनासो बढ्न थालेको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6