Above Article Ad
  • किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक करणी गरेको आरोपमा २ युवक पक्राउ

    Above Article Content Ad
  • Article inline ad #1
  • पक्राउ पर्नेमा खजुरा गाउँपालिका–२ निवासी २८ वर्षीय मोहन सत्याल र सोही स्थानका २० वर्षीय प्रदीप सुनार रहेका छन्।

    प्रहरीका अनुसार यही साउन ११ गते राति करिब ७ः३० बजे कोहलपुर नगरपालिका–११, हरियालीमार्ग बसपार्क नजिक रहेको सत्यानी गेष्ट हाउसमा १४ र १५ वर्षीया दुई किशोरीलाई लगिएको थियो। सोही स्थानका २० वर्षीय प्रदीप सुनार र मोहन सत्यालले दुवै किशोरीलाई रातभर पालैपालो सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो।

    Article inline ad #2

    उजुरीपछि प्रहरीले घटनामा संलग्न आरोपितहरूको खोजतलास अघि बढाएको थियो। घटनाको भोलिपल्टै अर्थात् साउन १२ गते प्रदीप सुनार पक्राउ परेका थिए भने सत्याल फरार रहेका थिए।

    फरार रहेका सत्याललाई प्रहरीले साउन १७ गते बाँकेको खजुरा गाउँपालिका–५ स्थित नेपालगञ्ज–गुलरिया हुलाकी सडकखण्डबाट पक्राउ गरेको जनाएको छ।

    पक्राउ परेका दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6