Above Article Ad
  • कंचनपुरको लालझाडीका राजेश राना घटनाको १७ वर्षपछि पक्राउ

    Above Article Content Ad
  • धनगढी -कञ्चनपुरमा युवकको हत्या गरि १७ वर्षदेखि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ बस्ने ३५ वर्षीय टुकु भनिने राजेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

    Article inline ad #1
  • उनकाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष ६ महिना कैद सजाय तोकिएका रानालाई भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरिएको थियो । प्रहरीले प्राविधिक कारण गड्डाचौकीबाट पक्राउ गरिएको भनेपनि रानालाई भारतमा लुकेर बसेको अवस्थामा उतैबाट नियन्त्रणमा लिइएको थियो ।

    Article inline ad #2

    रानाले लालझाडीकै ३० वर्षीय रामस्वरुप रानाको २०६६ सालमा हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो । डीएसपी रावतकाअनुसार रामस्वरुप १७ मंसिर २०६६ मा घरबाट हराएका थिए । १२ दिनपछि दोदा नदीमा मृत फेला परेको थिए ।

    उनको हत्या गरेर फालिएको खुलेपछि प्रहरीले रानामाथि मुद्दा चलाएको थियो तर राना घटना भएकै बेलादेखि फरार भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6