Above Article Ad
  • विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

    Above Article Content Ad
  • पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा परेर उहाँको निधन भएको पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले जानकारी दिइएको छ । बिहिबार बेलुका निर्मलसहित ६ जना नेपालीसहित १० सदस्यीय टोली पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेको थियो ।

    Article inline ad #1
  • १० जना मध्ये चार जनाको शव हिजो नै फेला परेको थियो । इलाइट एक्सपेडले आज सामाजिक संजालमा शोक वक्तव्य जारी गर्दै ’गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाई’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं’ भनेको छ । साथै दुर्घटनामा अभियानका अरु सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ ।

    Article inline ad #2

    विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान् आरोहीहरूमध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको  साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6