
डडेल्धुरामा जीप दुर्घटना, दार्चुलाका २ जनाको मृत्यु
बैतडी -भिमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खस्र्याखानमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
धनगढीबाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप अज बिहान करिब २ बजेको समयमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका -१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् ।
यसैगरी जीप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
दुर्घटनाक विषयमा थप अनुसन्धान भैरहेको छ।















