Above Article Ad
  • सुदूरपश्चिम सरकारले सवारी साधनमै ५७ करोडभन्दा बढी खर्च गर्ने, खरिदका लागि मात्रै ३४ करोड बजेट

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सवारी साधन व्यवस्थापनका लागि ठूलो रकम छुट्याएको छ। प्रदेश सरकारले सवारी साधन खरिद, इन्धन, मर्मत तथा भाडामा मात्रै कुल ५७ करोड ६९ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने योजना सार्वजनिक गरेको हो।

    आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटअनुसार मन्त्रालय तथा मातहतका कार्यालयका लागि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन खरिद गर्न ३४ करोड ७७ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, सवारी साधन भाडाका लागि एक करोड ५५ लाख ५७ हजार रुपैयाँ छुट्याइएको छ।

    Article inline ad #1
  • बजेटमा इन्धन खर्चका लागि १३ करोड ३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये पदाधिकारीका लागि एक करोड ५१ लाख ३८ हजार रुपैयाँ, कार्यालय प्रयोजनका लागि १० करोड ३२ लाख ८३ हजार रुपैयाँ तथा अन्य प्रयोजनका लागि एक करोड १९ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ।

    Article inline ad #2

    त्यसैगरी, सवारी साधन मर्मतका लागि ८ करोड ३२ लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसरी गाडी खरिद, इन्धन, मर्मत र भाडा शीर्षकमा मात्रै प्रदेश सरकारले ५७ करोड ६९ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने भएको हो।

    प्रदेश सरकारको सवारी साधनसम्बन्धी खर्च विगतका वर्षहरूमा पनि उल्लेख्य रहँदै आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा ८ करोड ५४ लाख ३९ हजार रुपैयाँ बराबरका सवारी साधन खरिद गरिएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ८८ लाख ७ हजार रुपैयाँ खर्च भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6