Above Article Ad
  • प्रहरी निरीक्षक हेमराज भट्टको कार्यसम्पादनले जताततै पुरस्कृत,३ वर्ष देखि उत्कृष्ट प्रहरी घोषित

    Above Article Content Ad
  • दार्चुला-जिल्ला प्रहरी कार्यालय दार्चुलाको अपराध अनुसन्धान शाखामा शाखा प्रमुखका रूपमा कार्यरत प्रहरी निरीक्षक हेमराज  भट्ट  उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत भएका छन् ।

    प्रहरी निरीक्षक भट्ट २०८३ साल जेठ महिनाको उत्कृष्ट कार्यसम्पादनका आधारमा ‘बेस्ट पुलिस अफ द मन्थ’ पुरस्कारबाट नगद सहित पुरस्कृत भएका हुन् ।

    Article inline ad #1
  • प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी लगनशीलता, कर्तव्यनिष्ठा र व्यावसायिक दक्षताका साथ सम्पन्न गर्दै आम नागरिकमाझ प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्न योगदान पुर्‍याएकाले उनलाई ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक गौरव महतले जानकारी दिए ।

    Article inline ad #2

    प्रहरी नायव उपरीक्षक गौरव महतले चालु आर्थिक वर्षमा दर्ता भएका तथा विगतदेखि पेन्डिङ रहेका मुद्दाहरूको सफल अनुसन्धान, फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउ, लागुऔषध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक गतिविधि सञ्चालन तथा मातहत प्रहरी कर्मचारीहरूको प्रभावकारी परिचालनमा प्रहरी निरीक्षक भट्टको भूमिका महत्वपूर्ण रहेको बताए ।

    प्रहरी निरीक्षक भट्ट यस अघि कञ्चनपुरको पुनर्वासमा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जिम्मेवारी सम्हालेको सुरुवातीमै एक युवतीको रहस्यमय मृत्युको पुरानो घटनाको अनुसन्धान टुङ्ग्याए पछि  जनस्तरमा चर्चासंगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उत्कृष्ट कार्यालय प्रमुखका रूपमा पुरस्कृत भएका थिए।

    त्यस्तै,अर्को वर्ष सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कर्मचारी प्रशासन शाखामा कार्यरत रहदा पनि प्रहरी निरीक्षक भट्टलाई उत्कृष्ट प्रहरीमा पुरस्कृत गरिएको थियो ।

    प्रहरी निरीक्षक भट्ट लगातार तीन वर्ष देखि विभागीय कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कृत हुँदै आएका छन्।f

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6