Above Article Ad
  • बाजुरामा बस दुर्घटना, २४ जना घाइते

    Above Article Content Ad
  • धनगढी- बाजुरामा बस दुर्घटना भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान ७ः२० बजे बसपवनदूत यातायातको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो।

    दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको जानकारी दिए। उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ। बसमा ३५ जना सवार रहेको एसपी कार्कीले बताए। बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6