
कैलालीमा दुईवटा पेस्तोलसहित चार जना पक्राउ
धनगढी- जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलवार गौरीगंगा नगरपालिकाको चौमालाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ बस्ने १९ वर्षीय समीर खड्का, १९ कै आभाष चन्द, गौरीगंगा–३ बस्ने २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले उनीहरू चारै जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको जनाएका छन्। चन्दले उनीहरूको साथबाट टाईप–५४ र रिभल्भर गरेर दुई वटा पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको बताए।
पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा ती हतियार ट्राफिक महाशाखा बग्गीखानाबाट लुटेको बयान दिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको छ।
















https://shorturl.fm/Q55xv
https://shorturl.fm/Cq4Sg