Above Article Ad
  • पुनर्वासका तीन महिला अवैध सामानसहित एसएसबीको नियन्त्रणमा

    Above Article Content Ad
  • धनगढी- एसएसबीले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित ३ नेपाली महिलालाई पक्राउ गरेको छ।

    भारतको ४९औँ वाहिनी एसएसबी पिलिभित अन्तर्गतको बी कम्पनी बसही र सीमा चौकी आजाद नगरको टोलीले आजादनगरको सीमा स्तम्भ नम्बर ७६८÷३८ नजिक भारतीय क्षेत्रबाट करिब १ लाख ३३ हजार ४ सय भारतीय रुपैयाँ बराबरका समानसहित ३ महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको पुर्नवासका रितु तामाङ, सोनिया तामाङ र शान्ति तामाङ रहेका छन्

    Article inline ad #1
  • उनिहरुको साथबाट विभिन्न प्रकारका कीटनाशक विषादी, १५ किलोग्राम फलामे जाली (आइरन नेट) तथा तस्करीमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल बरामद गरिएको एसएसबीले जनाएको छ। मोटरसाइकलसहित बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ४ लाख १० हजार ५ सय ७० भारतीय रुपैयाँ रहेको बताइएको छ। बरामद सामान नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि थप कारबाहीका लागि सम्पूर्ण सामान तथा मुद्दा एसएसबीले पलिया भन्सार कार्यालयमा बुझाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6