Above Article Ad
  • सुदूरपश्चिम सरकारका असन्तुष्ट सांसद दिवान बिष्टले नसकेपछी केन्द्रले टुंगायो नयाँ मन्त्रीको नाम

    Above Article Content Ad
  • धनगढी -सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । असन्तुष्ट पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

    असन्तुुष्ट पक्षमा मन्त्रीको नाम टुुंगो लगाउने जिम्मा सासंद दिवान सिंह विष्टलाई दिइएको थियो । तर प्रदेशमा सहमति नजुटेपछि केन्द्रमा पठाइएको थियो । केन्द्रले मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

    Article inline ad #1
  • उनीहरूमध्ये रावल र राना मन्त्री बन्नेछन् । दानीलाई राज्यमन्त्री बनाउने सहमति भएको छ । असन्तुुष्ट पक्षले नाम दिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी गरेका छन् ।

    Article inline ad #2

    यता अन्तिम समयमा एमालेले भने पुरानै मन्त्रीलाई निरन्तरता दिने भएको छ । हिजो केन्द्रले नयाँ मन्त्रीको नाम मुख्यमन्त्रीलाई दिए पनि अहिले अन्तिम समयमा आएर तत्काललाई पुरानै मन्त्रीलाई निरन्तरता दिइएको स्रोतले बताएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6