Above Article Ad
  • सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। प्रदेश सभाको बुधबारको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल गरिएको हो।

    बैठकमा प्रदेश सभा सदस्य रमेशसिंह धामीले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै प्रदेश प्रहरी ऐन चाँडै कार्यान्वयन गर्न प्रदेश सरकारलाई आग्रह गरे। यस्तै प्रदेश सभा सदस्य मेघराज खड्काले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको चर्चा गर्दै यसले प्रदेशको विकासलाई एक कदम अगाडि बढाउने  विश्वास व्यक्त गरे।

    प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेश सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च गर्न सक्ने क्षमता वृद्धि गर्नतर्फ  ध्यान दिनुपर्ने सुझाए। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्य मानबहादुर धामीले नीति तथा कार्यक्रममा लेखिएका आधारमा बजेट आउनुपर्ने बताए। उनले नीति तथा कार्यक्रम अनुसार बजेट नल्याइने कारणले प्रदेशको बेरुजु बढ्दै गएको धारणा व्यक्त गरे।

    Article inline ad #1
  • यसै गरी नेपाली कांग्रेसका तुलसी देवकोटाले नीति तथा कार्यक्रमको समर्थन गर्दै नीति तथा कार्यक्रम प्रदेशको आवश्यकता र सम्भावनालाई केलाउने दस्ताबेज रहेको बताइन्। वनक्षेत्रलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने नीति सबैभन्दा सकारात्मक रहेको उनको भनाइ थियो। देवकोटाले असारमा बजेट खर्च गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्नेमा जोड दिइन्। उनले शिक्षा क्षेत्रलाई सुधार गर्न पनि आग्रह गरिन्

    Article inline ad #2

    यस्तै नेकपाका प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रदेश गौरवका आयोजनाहरू आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भनिए पनि ती योजनाको भौतिक, आर्थिक प्रगति स्पष्ट नपारिएको टिप्पणी गरे। उनले प्रदेश राजधानी कार्यान्वयनलगायतका योजना अगाडि बढाउनका लागि प्रदेश विकास प्राधिकरण निर्माण गरेर अगाडि बढाउनुपर्ने सुझाव दिए।

    यस्तै जानकी कुँवरले नीति तथा कार्यक्रम पुरानै निरन्तरता रहेको बताइन्। उनले सरकारले भनाइ र गराइमा एकरूपता ल्याउन जरुरी रहेको भनाइ राखिन्। शिक्षाको गुणस्तर वृद्धिलाई सरकारले प्राथमिकतामा नराखेको कुँवरको भनाइ थियो। उनले भनिन्, “स्वास्थ्यको समस्या विकराल बन्दै गइरहेका छन्। गम्भीर बिरामी भएमा यहाँका नागरिक भारत र काठमाडौँ गएर उपचार गराउनु पर्ने बाध्यता छ।”

    नेकपाका प्रदेश सभा सदस्य नरेशकुमार शाहीले नीति तथा कार्यक्रम अब हुने सुधारको बाटो रहेको बताए। उनले नीति तथा कार्यक्रममा केही कुरा राम्रा आएका र धेरै कुरा छुटेको उल्लेख गरे। उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान प्रदेश सरकारलाई आग्रह गरे। शाहीले नीति तथा कार्यक्रममा राजधानी कार्यान्वयनको विषय बलियो रूपमा आउन नसकेको टिप्पणी गरे।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6