Above Article Ad
  • १८ वर्ष पुनर्वासमा सेवा गरेका अधिकृत धौलराम सार्कीको बढुवासँगै अछाम सरुवा

    Above Article Content Ad
  • पुनर्वास — कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यरत शाखा अधिकृत धौलराम सार्कीलाई सम्मान सहित विदाई गरेको छ।

    नगरपालिकाले शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी लामो समयदेखि सार्वजनिक सेवामा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मान–पत्र प्रदान गरेको हो।

    Article inline ad #1
  • “विदाई तथा फेरि भेटौँला” कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

    Article inline ad #2

    कार्यक्रममा बोल्दै नगर प्रमुख तोय प्रसाद शर्माले  धौलराम सार्कीको इमान्दारिता, कर्तव्यनिष्ठा, प्रशासनिक दक्षता तथा सेवाप्रतिको समर्पण प्रशंसनीय रहेको बताउनुभयो।

    उहाँले आगामी जिम्मेवारी अझ सफल र प्रभावकारी ढंगले सम्पन्न गर्न शुभकामना समेत व्यक्त गर्नुभयो।

    वि.सं. २०५३ साल असार ३१ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गर्नुभएका सार्कीले साविक परासन गाउँ विकास समिति हुँदै पुनर्वास नगरपालिका स्थापनाको चुनौतीपूर्ण चरणमा संस्थापक निमित्त कार्यकारी अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो। कर्मचारी समायोजन ऐन, २०७५ अनुसार अधिकृत स्तर छैटौँ तहमा रही उहाँले स्थानीय सरकारको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा प्रभावकारी जनसेवामा उल्लेखनीय योगदान पुर्‍याउनुभएको नगरपालिकाले जनाएको छ।

    हाल उहाँ संघीय निजामती सेवाको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदबाट पदोन्नति भई  अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न जान लाग्नुभएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6