Above Article Ad
  • पुनर्वासमा अपराधिक गतिविधि सक्रिय हुन थालेपछि छोरीको जन्मोत्सवमा सडकमा “सेन्सर लाइट”

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का स्थानीय  मधुसुदन निरौला र दीपिका पौडेलले आफ्नी छोरीको १२ औँ जन्मदिन फरक तरिकाले मनाउँदै समाजमा सकारात्मक सन्देश दिएका छन्।

    शुक्रबार परेको छोरीको जन्मोत्सवको अवसरमा उनीहरूले पशुपति चोकदेखि वडा कार्यालयसम्म जोड्ने सडक खण्डमा ४ वटा उच्च क्षमताका “सेन्सर लाइट” जडान गराएका हुन्।

    Article inline ad #1
  • यो कार्य नगरपालिका र विद्युत कार्यालयसँगको समन्वयमा सम्पन्न गरिएको हो।
    स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा अँध्यारोका कारण विभिन्न अपराधिक गतिविधि हुने गरेको गुनासो बढ्दै आएको थियो। सेन्सर लाइट जडानपछि रातको समयमा उज्यालो बढ्ने र सुरक्षा अवस्था सुधार हुने अपेक्षा गरिएको छ।

    Article inline ad #2

    जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई समाज उपयोगी कार्यमा रूपान्तरण गर्दै निरौला दम्पतीको यस कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6