
पुनर्वासमा अपराधिक गतिविधि सक्रिय हुन थालेपछि छोरीको जन्मोत्सवमा सडकमा “सेन्सर लाइट”
Above Article Content Ad
पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का स्थानीय मधुसुदन निरौला र दीपिका पौडेलले आफ्नी छोरीको १२ औँ जन्मदिन फरक तरिकाले मनाउँदै समाजमा सकारात्मक सन्देश दिएका छन्।
शुक्रबार परेको छोरीको जन्मोत्सवको अवसरमा उनीहरूले पशुपति चोकदेखि वडा कार्यालयसम्म जोड्ने सडक खण्डमा ४ वटा उच्च क्षमताका “सेन्सर लाइट” जडान गराएका हुन्।
Article inline ad #1
यो कार्य नगरपालिका र विद्युत कार्यालयसँगको समन्वयमा सम्पन्न गरिएको हो।
स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा अँध्यारोका कारण विभिन्न अपराधिक गतिविधि हुने गरेको गुनासो बढ्दै आएको थियो। सेन्सर लाइट जडानपछि रातको समयमा उज्यालो बढ्ने र सुरक्षा अवस्था सुधार हुने अपेक्षा गरिएको छ।
Article inline ad #2
जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई समाज उपयोगी कार्यमा रूपान्तरण गर्दै निरौला दम्पतीको यस कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad















