Above Article Ad
  • कञ्चनपुरमा बालबालिकाको पाखुरा नाप

    Above Article Content Ad
  • अभियानअन्तर्गत ३७ हजार ३८२ बालबालिकालाई भिटामिन ‘ए’ र ३२ हजार ८९५ बालबालिकालाई जुकाको औषधि खुवाइएको छ।

    स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार अभियान सफल बनाउन जिल्लाका नौवटै पालिकामा ८१७ महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।

    Article inline ad #1
  • “दुई दिनको अभियानमा छुटेका बालबालिकालाई आउँदो शुक्रबारसम्म नजिकको स्वास्थ्य संस्थामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने व्यवस्था मिलाइएको छ”, उनले भने, “कुनै पनि बालबालिका छुट्न नदिन विशेष सतर्कता अपनाइएको छ।”

    Article inline ad #2

    अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि तथा छदेखि २३ महिनासम्मका बालबालिकालाई ‘बालभिटा’ वितरण गरिएको थियो। साथै बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कनका लागि पाखुराको नापसमेत लिइएको जनाइएको छ

    सरकारले सन् १९९३ देखि भिटामिन ’ए’ र सन् २००१ देखि जुकाको औषधि खुवाउने कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। हरेक वर्ष वैशाख र कात्तिक महिनामा सञ्चालन गरिने यो अभियानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन, रतन्धो हुनबाट जोगाउन र कुपोषण कम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6