Above Article Ad
  • आईजीपी अर्यालले भने : नागरिकलाई डर होइन भर दिने गरी काम गर्नुस्

    Above Article Content Ad
  •  काठमाडौं – नागरिकलाई सुरक्षाकर्मी देख्दा डर नभई भर महसुस हुने गरी काम गर्नुपर्ने सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बताएका छन् ।

    पशुपतिनाथ बाहिनी मुख्यालको २२औं स्थापना दिवसको कार्यक्रममा मंगलबार नयाँ बानेश्वरस्थित बाहिनी मुख्यालयमा बोल्दै आईजीपी अर्यालले उक्त कुरा बताएका हुन् ।‘सुरक्षाकर्मी देख्दा नागरिकमा डर भन्दा पनि भरको महसुस हुनुपर्छ । हामीले यो सिद्धान्तअनुसार काम गर्नुपर्छ,’ आईजीपी अर्यालले भने ।

    Article inline ad #1
  • काठमाडौं उपत्यका राजधानी समेत भएका सुरक्षा हिसाबले निकै चुनौतीपूर्ण रहेको र पशुपतिनाथ बाहिनी मुख्यालले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अर्यालले बधाई दिएका थिए ।‘भर्खरै सकिएको प्रतिनिधिसभा निर्वाचन, भीआईपी, भीभीआईपीको सुरक्षा, महत्त्वपूर्ण प्रतिष्ठानहरुको सुरक्षा, बन्द, हड्डतालमा आम नागरिकको सुरक्षामा यस बाहिनीले महत्त्वपूर्ण योगदान गर्दै आएको छ,’ आईजीपी अर्यालले भने ।

    Article inline ad #2

    परिणामुखी ढंगले जिम्मेवार भएर काम गर्न पनि उनले मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।कार्यक्रममा बोल्दै बाहिनीपति तथा डीआईजी सुरेश श्रेष्ठले संगठनको नीति निर्देशनअनुसार बाहिनीले काम गर्दै आएको बताए ।

    उपत्यकाको निर्वाचन शान्पिूर्ण सम्पन्न गराउन, उपत्यकामा हुने बन्द हड्ताल, नाराजुलुस बिरोध प्रर्दशन जस्ता गतिविधिमा सुरक्षा प्रदान र शान्ति सुरक्षा कायम राख्न बाहिनीले काम गरिरहेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6