Above Article Ad
  • हरित धनगढी अभियानमा एसपीएको साथ

    Above Article Content Ad
  • धनगढी । सुन्दर र हराभरा धनगढी बनाउँने उद्देश्यसहित धनगढी उप–महानगरपालिकाले सुरु गरेको हरित धनगढी अभियानमा एसपीए कलेजले साथ दिएको छ ।

    हरियाली प्रवर्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउँने उद्देश्यका साथ कैलाली भन्सार देखि गोदावरी नगरपालिकाको सिमाना सम्म छ लेन सडकको दुवै किनारमा वृक्षारोपण गर्ने कार्यमा एसपीए कलेजले सहयोग गरेको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • एसपीए कलेजले उक्त लेनमा रहेका २० वटा विरुवा संरक्षणको जिम्मा लिएको हो । मेयर गोपाल हमालले सोमबार धनगढी चौराहामा एसपीए कलेज अंकित रुख रक्षा जाली (ट्री गार्ड)को उद्घाटन गर्दै सम्पूर्ण धनगढीबासीलाई अभियानमा साथ दिन आह्वान गरे ।

    Article inline ad #2
  • उपमहानगरपालिकाले विरुवा संरक्षणका लागि प्रतिविरुवा ५ हजार रुपैयाँ शुल्क तोकेको छ । एसपीएका प्रबन्ध निर्देशक शाहीले २० विरुवा संरक्षणका लागि तोकिएको शुल्क समेत उपमहानगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

    ‘हामीले सम्पूर्ण धनगढीबासीलाई हरियाली धनगढी प्रवर्धनका लागि गरेको आह्वानमा दिदैँ एसपीए कलेज अघि आएको छ । यसका लागि कलेज र प्रबन्ध निर्देशक शाही ज्यूलाई धन्यवाद दिन चाहान्छु,’ मेयर हमालले भने, ‘एसपीए कलेज जस्तै अन्य संघसंस्था तथा इच्छुक व्यक्तिहरुलाई पनि अभियानमा जोडिन आह्वान गर्छु ।’

    स्थानीय वातावरण संरक्षणमा कलेजले उत्कृष्ट भूमिका खेलेको भन्दै गत वर्ष कलेजले अमेरिकाको न्यूयोर्क शहरमा आयोजित ग्रिन कलेज अवार्ड समेत पाएको थियो । शाहीको नेतृत्वमा एक दशकअघि नै खुलेको ग्रीन क्लिन धनगढी संस्थाले स्वच्छ र धनगढी प्रवर्दनमा काम गरिरहेको छ । यस्तै एसपीए कलेजले स्वच्छ र सफा धनगढी बनाउँने उदेश्यले ५०० मिटर सरसफाई अभियानको पनि थालनी गरेको थियो ।

    एसपीएका प्रबन्ध निर्देशक शाहीले मेयर हमालले सार्वजनिक गरेको हरित धनगढी अभियानमा जोडिदा पाउँदा खुशी व्यक्त गरे । उनले सम्पूर्ण धनगढीबासीलाई यसअभियानमा जोडिन समेत आह्वान गरे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button