Above Article Ad
  • अधिवक्ताहरूले भने, “बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन”

    Above Article Content Ad
  • काठमाडौँ- अधिवक्तारूले बहुविवाहलाई कानुनी मान्यता दिन नहुनेमा जोड दिएका छन्।

    सोमवार आयोजित साक्षात्कारमा वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण न्यौपानेले बहुविवाह गर्न पाउने गरी विधेयकमा व्यवस्था गर्न नहुनेमा जोड दिए। वरिष्ठ अधिवक्ता बिडारीले महिलालाई दमन हुने प्रकारको कुनै पनि कानुन ल्याउन नहुने बताए। उनले भने, “पुरुषमान्छेले मायाप्रेममा पारेर अर्की महिलासँग सम्बन्ध गरेर गर्भाधान गराएछ भने त्यस्तो गर्भाधानबाट जन्मिएकी बच्चा भएकी आमालाई स्वास्नी कायम हुनेछ भनेर लेखेछ। यस्तो कानुन बनाएछन्। यसले समाज भाँड्छ, नारीलाई दमन गर्छ।”

    Article inline ad #1
  • वरिष्ठ अधिवक्ता त्रिपाठीले बहुविवाहलाई मान्यता दिनेगरी ल्याउन लागिएको कानुन निन्दनीय रहेको भन्दै लोकतान्त्रिक समाजमा यस्तो प्रकारको कानुनको कल्पना पनि गर्न नसकिने बताए। “बहुविवाह अर्को ठूलो सामाजिक भ्रष्टाचार हो, यो निन्दनीय छ। सभ्य समाजमा बहुविवाह हुन सक्दैन, लोकतान्त्रिक समाजमा यसको परिकल्पना पनि गर्न सकिँदैन। यस्तो कानुनको मस्यौदा तयार हुँदैछ भन्ने सुनिएको छ, यसको चौतर्फी विरोध गरिनुपर्छ।” वरिष्ठ अधिवक्ता न्यौपानेले राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरु मुद्दा मामिलामा परेपछि उनीहरूलाई उन्मुक्ति दिन यस्तो बहुविवाह गर्न पाउने कानुन ल्याउन खोजिएको हुनसक्ने आरोप लगा।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6