Above Article Ad
  • सगरमाथा कृषि हिमचुली सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा रहेको सगरमाथा कृषि हिमचुली सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    शनिबार एक भव्य समारोहका बीच पुनर्वासको उद्योग वाणिज्य संघको सभाहलमा सगरमाता हिमचुली सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • साधारणसभामा संस्थाका अध्यक्ष नवीन तिमिल्सेनाको सभाध्यक्ष  पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामा प्रमुख अतिथिमा पुनर्वास नगरपालिकाका सूचना अधिकृत धौलाराम सार्की विशिष्ट अतिथिमा जनता क्याम्पस पुनर्वासका क्याम्पस प्रमुख नरेन्द्र बहादुर जेठारा विशिष्ट अतिथिमा हुनुहुन्थ्यो।

    Article inline ad #2

    त्यस्तैगरी, पूर्व अध्यक्ष सोमराज बराल, युवराज सुयाल, प्रभु बैंकका कार्यालय प्रमुख गौरव शर्मा, सुनौला कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गा नेपाल, कृष्ण चापागाई रहनुभएको थियो।

    सहकारीले गत आर्थिक वर्षमा कुल पूँजी १ करोड ८१ लाख २०हजार ६सय १४ रुपैयाँ कुल लगानी १ करोड देखाएकोमा ६९लाख ४६हजार ४ सय ७०रुपैयाँ आम्दानी
    १३लाख ८१हजार ८सय ३६ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।

    वार्षिक साधारण सभा कार्यक्रममा ८जनालाई सम्मान गरिएको थियोे । बालबचत तर्फबाट अग्रिम राना मगर , असल ऋण तर्फबाट खगेन्द्र प्रसाद ओझा र अनिता गुरुङ, असल नियमित बचत दैनिक कृति अधिकारीतर्फबाट , मुद्धती बचत धर्मराज गिरी हिरेश्वर शिव पन्दिर एकल महिला धन कुमारी तामाङ /पुर्णा देवी लामा माया खड्का ज्येष्ठ नागरिक यङग लामा तामाङ एस.इ.इ. उत्कृष्ट नतिजा हिमांन्सु पन्त पूर्व अध्यक्ष सोमराज बराल तर्फबाट सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागीता थियो भने कार्यक्रमको संचालन सचिव नरेन्द्र गौतमले गर्नुभएको थियो ।   

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6