Above Article Ad
  • बैतडीका शिक्षक भट्टकाे विद्यार्थी भर्ना अभियान अधुरै रह्यो

    Above Article Content Ad
  • बैतडी–स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु भएको छ ।

    जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिन्ना घर भएका २८ वर्षीय विष्णुदत्त भट्टको बसको ढोकाबाट खसेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

    Article inline ad #1
  • दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको चौलानी बोर्डिङ स्कुलमा कार्यरत भट्ट बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएको र उपचारका क्रममा उनको शनिबार साँझ सवा ६ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए  ।

    Article inline ad #2

    विद्यालय भर्ना अभियानका लागि गोकुलेश्वरबाट पञ्ज्युनयाँतर्फ आइरहेको सुपप्र०४–००१क ००८ नम्बरको बसको ढोकाबाट डिलाशैनी गाउँपालिका–६ बांगाबगर भन्ने स्थानमा भट्ट शनिबार साँझ ६ बजेतिर खसेका थिए ।बसको ढोकाबाट खसेर शिक्षक भट्टको मृत्यु भएपछि प्रहरीले बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका ५ का ६० बर्षीय उत्तरसिंह डाँगालाई नियन्त्रणमा लिएको छ ।

    उनलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by