Above Article Ad
  • धनगढीमा आन्दोलन भड्काउने चैतन्य पाठशालाका सद्भावना दूत शाहले दिए पदबाट राजीनामा 

    Above Article Content Ad
  • धनगढी-धनगढीस्थित चैतन्य पाठशालाका सद्भावना दूत भरतबिक्रम शाहले पदबाट राजीनामा दिएका छन्। जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन युवालाई उक्साएको आरोपमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि उनी विवादमा आएका थिए।

    मंगलबार धनगढीमा भएको आन्दोलनका क्रममा शाहले प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न उक्साएको भिडियो बाहिरिएपछि आलोचना भएको थियो। त्यसलगत्तै उनले बिहीबार सामाजिक सञ्जालमार्फत चैतन्य पाठशालासँग अब आवद्ध नरहेको घोषणा गर्दै विवादित भिडियो समेत हटाएका छन्। तर ती दृश्यहरू अहिले फेरि सामाजिक सञ्जालमा शेयर भइरहेका छन्।

    Article inline ad #1
  • शाहको गतिविधिले चैतन्य पाठशालाको छविमा असर परेको भन्दै कतिपयले प्रश्न उठाएका छन्। विदेशी लगानीमा सञ्चालित शैक्षिक संस्था भएकाले शाहमार्फत आन्दोलनलाई ध्वंसात्मक बनाउन भूमिका खेलिएको आरोपसमेत लगाइएको छ।

    Article inline ad #2

    एक आन्दोलनकारी युवाले भने, “शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन विदेशी फन्डिङमा रहेका संस्थाहरूको संलग्नता देखिन्छ, यसबारे छानबिन हुनुपर्छ।”

    यता चैतन्य पाठशालाले भने आफूलाई अनावश्यक विवादमा तानिएको जनाएको छ। प्राचार्य प्रेमनिधि ओझाले शाह संस्थासँग अब कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै भने, “उनको भूमिका व्यक्तिगत हो, कृपया विद्यालयलाई जोडेर व्याख्या नगरिदिनुहोस्।”

    साभार : फरक प्रेसबाट
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6