Above Article Ad
  • कञ्चनपुरको डोकेबजारका ईन्सपेक्टर र कैलालीका १ डीएसपी, २ ईन्सपेक्टर हेरफेरमा तानिए

    Above Article Content Ad
  • धनगढी-सीमा सुरक्षा र भन्सारमा राजस्व संकलन, कार्यसम्पादनमा कमजोरी भेटिएपछि सशस्त्र प्रहरीका एसपी, डीएसपीसहित २ दर्जन बढी कर्मचारीको जिम्मेवारी खोसिएको छ।

    सशस्त्रका इकाइहरूमा कमान्डरको रुपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक एसपी सहितका उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो।

    Article inline ad #1
  • प्रधान कार्यालयले आइतबार १ एसपी , १ डीएसपी , ७ इन्सपेक्टर , ६ सई र १ असई गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट हटाएको सशस्त्रका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    Article inline ad #2

    सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपती सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई कमान्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ।

    यसैगरी बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो।

    यस्तै पर्सा जिल्लास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानीया क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा बेस बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ।

    यसैगरी पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन चन्द, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्द, बीओपी लल्लिपुरका सशस्त्र प्रहरी नायब निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो।

    सीमा इलाकामा कार्यरत कमान्डरहरूलाई मुख्यालयबाट समेत सुक्ष्म रुपमा निगरानी बढाइएको छ। सन्तोषजनक काम नगर्ने गणपतिसहितका दर्जनौँ अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा समेत परेका छन्।

    ख्यालयले अन्य प्रदेशमा समेत सुक्ष्मरुपमा निगरानी बढाएको छ। गण, गुल्म तथा बीओपी कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6