Above Article Ad
  • क्षमता भन्दा बढी कैदीबन्दी हुुँदा बैतडीको कारागार व्यबस्थापनमा समस्या

    Above Article Content Ad
  • बैतडी- बैतडीको कारागार कर्यालयमा क्षमता भन्दा बढी कैदिबन्दी हुुँदा व्यबस्थापनमा समस्या भएको छ।

    कारागार कर्यालय बैतडीले धेरै बर्षदेखि क्षमताभन्दा बढी कैदीबन्दीको व्यवस्थापन गर्नुपरिरहेको कारगार कार्यालयकी प्रमुख धारा भण्डारीले बताइन्। कारागार कार्यालय बैतडीमा २५ जना क्षमताको बन्दीगृह रहेको छ तर त्यहाँ ६३ जनालाई राखिएको छ। कारागार बैतडीको बन्दीगृहमा १५ जना पुरुष र १० जना महिला गरेर २५ जनाको क्षमता रहेको छ। तर अहिले बन्दी गृहमा ५३ जना कैदीबन्दी र १० जना थुनुवा गरेर ६३ जना रहेका छन्।

    Article inline ad #1
  • २५ जनाको क्षमता भएको बन्दी गृहमा ६३ जनाको व्यवस्थापन गर्नुपरिरहेको भण्डारीले बताइन्। उनले भनिन् ‘कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसाई व्यवस्थापनमा निकै समस्या भएको छ।’महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको छ। बन्दी व्यवस्थापनका लागि समस्या हुँदा महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको उनले बताइन्।

    Article inline ad #2

    खाट माथि खाट राखेर बन्दीहरुको बसाइ व्यवस्थापन गरिएको भण्डारीले बताइन् । पुरानो जीर्ण भवनमा बन्दीहरुलाई व्यवस्थापनका लागि निकै समस्या भएको कारागार कार्यालय बैतडीले जनाएको छ। जस्तापाताले छाएको जीर्ण भवनमा बर्षातको समयमा चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या रही आएको छ। २०४० सालमा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दा समेत नयाँ भवन बन्न सकेको छैन्।

    त्यसमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा झन् समस्या भएको बताइएको छ। चालु आर्थिक बर्षदेखि नयाँ भवन निर्माण हुने बताइएको छ ।नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र आगामी असोज ÷कार्तिकदेखि भवन निर्माणको काम शुरु हुने आफूले जानकारी पाएको उनले बताइन्। सघन शहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत भवन निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको जनाइएको छ। १० करोडको लागतमा कारागारको नयाँ भवन निर्माण हुने बताइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6