Above Article Ad
  • पुनर्वासमा ब्राउन सुगर सहित पक्राउ परेका बिसी डेढ महिनापछि छुटे, महरा कारागार चलान

    Above Article Content Ad
  • पुनर्वास- असार ६ गते शुक्रबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित पुनर्वास सम्राट रेस्टुरेन्टको होटलमा बसेर ब्राउन सुगरको कारोबार गरिरहेको आरोपमा पक्राउ परेका पुनर्वास-६ का दीपक बिसीलाई थुनामुक्त गरेको छ ।

    ब्राउन सुगर सहित पक्राउ परेका दार्चुलाको महाकाली नगरपालिका-३ का ४२ वर्षीय नरसिंह महरालाई थप अनुसन्धानका लागि कारागार चलान गरेपनि आरोपित बिसीलाई भने जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा थुनामुक्त गरेको हो।

    Article inline ad #1
  • बुधबार भएको न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले बिसीलाई सामान्य हाजिरीको शर्तमा रिहा गर्ने आदेश दिएको हो। लागुऔषध नियन्त्रण ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीको गहिरो निगरानीपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो ।

    Article inline ad #2

    उनीहरूको साथबाट फेला परेको परिणाम हेर्दा सुदुरपश्चिममै अहिले सम्मको बढि २ सय ७३ ग्राम ब्राउन सुगर रहेको प्रहरी तथ्याङ्कले देखाएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    4
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6