Above Article Ad
  • सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

    Above Article Content Ad
  • धनगढी-लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म पहाडी जिल्लामा छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् ।

    Article inline ad #1
  • प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लगातारको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित जिल्ला प्रशासनले सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् ।

    Article inline ad #2

    तराईका कैलाली र कञ्चनपुरमा भने जोखिम कम रहेकाले सवारीसाधन सञ्चालन भइरहेका छन् । सूचना थाहा नपाएर पहाडतर्फ जाँदै गरेका केही सवारीसाधनलाई ट्राफिक प्रहरीले कैलालीको खानीडाँडामा रोकेर फर्काएको जनाएको छ ।

    सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6