Above Article Ad
  • वीरगंजका ट्राफिक प्रहरी प्रमुख भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    मधेस प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट

    Above Article Content Ad
  • वीरगंज – ट्राफिक व्यवस्थापनमा सक्रियता, अनुशासन र कर्तव्यपरायणताको उदाहरण प्रस्तुत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्टलाई असार महिनाकोघोषित गरिएको छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारा अन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएका हुन् । उनी ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ।

    Article inline ad #1
  • प्रहरी निरीक्षक भट्टले आफ्ना जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै वीरगंजको जटिल ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। यही योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई रु ६,३०० नगद पुरस्कारसहित सम्मान गरिएको हो।

    Article inline ad #2

    नेपाल प्रहरीका अनुसार ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने उद्देश्यले मासिक रूपमा घोषणा गरिन्छ। असार महिनाको लागि यो सम्मान प्रहरी निरीक्षक भट्टलाई प्रदान गरिएको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6