Above Article Ad
  • बालुवाटार नजिकै घन्कियो ‘राजा आऊ, देश बचाऊ’ आन्दोलन

    Above Article Content Ad
  • काठमाडौं-राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले शनिबार पनि आन्दोलन जारी राखेका छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार, आज राजावादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तालिका थियो ।

    तर, शुक्रबार साँझ नै सो ठाउँमा निषेधित क्षेत्र घोषणा भयो । लगत्तै, राजावादीहरूको आन्दोलन यसअघिकै ठाउँमा अर्थात् शान्तिबाटीका भयो ।रत्नपार्कबाट सुरु भएको शनिबारको आन्दोलन नक्साल हुँदै बालुवाटार पुगेको छ ।

    Article inline ad #1
  • राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्चपदस्थको सरकारी निवास रहेको क्षेत्रमा पुगेर राजावादीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल लगायतका दलका नेता कार्यकर्ता पनि सहभागी छन् ।आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश’, लगायतका विभिन्न प्लेकार्डसहितका नारा लगाएका छन् ।

    Article inline ad #2

    बालुवाटारलाई यसअघि नै सरकारले संवेदनशील क्षेत्रको रुपमा लिँदै निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।निषेधित क्षेत्र तोड्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6