Above Article Ad
  • पर्सामा घरेलु हिंसा भन्दा सम्बन्धविच्छेदका मुद्दा बढे

    Above Article Content Ad
  • वीरगञ्ज-पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएका पाइएको छ।

    पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। दर्ता भएका मुद्दामध्ये दुई सय ६४ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट भएका छन्। गत आवमा सम्बन्धविच्छेदका ७९ वटा मुद्दा फछ्र्योट हुन बाँकी छन्।

    Article inline ad #1
  • जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार जिल्लामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएका छन्। घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरीलगायत निकायमा पनि मेलमिलाप हुने भएकालेसमय सम्बन्धविच्छेदका मुद्दा बढेका हुन्। वैदेशिक रोजगारीलाई पनि सम्बन्धविच्छेदको प्रमुख कारण मानिएको छ।

    Article inline ad #2

    जिल्ला अदालतका अनुसार गत आवमा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएकामा ५३ मुद्दा फछ्र्योट भएका छन् बयालीस वटा मुद्दा भने फछ्र्योट हुन बाँकी छन्। गत आवमा पर्सामा जबर्जस्ती करणीका ९८ वटा मुद्दा दर्ता भएकामा ५६ वटा मुद्दा फछ्र्योट भएका छन् भने ४२ वटा फछ्र्योट हुन बाँकी छन्।
    प्रतिक्रिया

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6