Above Article Ad
  • कैलाली प्रहरीद्वारा जवान देउवा पुरस्कृत

    Above Article Content Ad
  • धनगढी: कैलालीको गाेदावरी नगरपालिका-१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेकाे अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयाेग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेकाे हाे।

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन्।
    राणाले प्रहरी चाैकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेकाे अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए।

    Article inline ad #1
  • देउवाले मंगलबार गाेदावरी नगरपालिका-१ काे बसन्तपुरमा सडकमा छटपटाइरहेकाे अवस्थामा भेटिएकी बझाङकाे थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन्।

    देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुगाएकी थिईन्। देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाहीकाे दायरामा ल्याइने बताए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6