Above Article Ad
  • माटोको ढिस्कोले पुरिएर अछाममा देउरानी–जेठानीको मृत्यु

    Above Article Content Ad
  • धनगढी — अछाममा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो मंगलसेन नगरपालिका–९ ओली गाउँ रातोमाटेमा माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर दुई महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीले माटोको ढिस्कोमा पुरिएर मंगलसेन नगरपालिका–८ सुतुडाबाडी बस्ने २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनीता बोहराको मृत्यु भएको जानकारी दिए ।
    उनकाअनुसार चैते दशैंका लागि रातो माटो खन्न गएका दुवै जना माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएका थिए । दुवै जनालाई ढिस्कोबाट मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । दुवै जना नातामा देउरानी जेठानी भएको खुलेको छ ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by