Above Article Ad
  • धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते मिना खड्काको मृत्यु

    Above Article Content Ad
  • काठमाडौं: कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ। २ चैतमा सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले खड्काको शनिबार काठमाडौँका बर्निङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

    Article inline ad #1
  • उनकाअनुसार अन्य दुई जना घाइतेको पनि काठमाडौँमै उपचार भइरहेको छ। मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशी उपचाररत छन्।

    Article inline ad #2

    जोशीको पसलबाट ग्यास सिलिन्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन्। सोही क्रममा सिलिन्डर पड्किएपछि उनीहरु तीनै जना घाइते भएका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6