Above Article Ad
  • प्रधानमन्त्री ओलीमाथि लगाए भीम रावलले पाँच आरोप

    Above Article Content Ad
  • काठमाडौं – नेकपा एमालेका पूर्वनेता एवं ‘मातृभूमि जागरण अभियान नेपाल’का अभियन्ता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकमा ‘कुशासन’ गरिरहेको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वविशेष आर्थिक सल्लाहकारसमेत रहेका एमाले नेता मोतीलाल दुगडका कम्पनीले कर नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालयले सूचना निकालेकै दिन सोमबार एमालेबाट निष्कासित रावलले प्रधानमन्त्री ओलीविरुद्ध यस्तो आरोप लगाएका हुन् ।

    एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले कुरा सुशासनको गर्ने तर काम कुशासनको गरिरहेको आरोप लगाउँदै रावलले सामाजिक सञ्जालमा लेखेका छन् :

    Article inline ad #1
  • सुशासनका कुरा गर्ने प्रधानमन्त्री केपी नेतृत्वमा कुशासनका पछिल्ला उदाहरण :

    Article inline ad #2

    –सरकार बनेको सात महिना भइसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगर्नु 

    –राज्यका विभिन्न पदहरू भागबन्डा गर्नु

    – पूर्वविशिष्टहरूलाई आजीवन भत्ता र सुविधा बढाउने प्रयास गर्नु

    – राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसमेत व्यक्तिलाई दिक्किने कानुन ल्याउने दुष्प्रयत्न गर्नु 

    – प्रम केपीका एक समयका आर्थिक सल्लाहकार, राज्यमन्त्री र एमाले उद्योग विभाग प्रमुखले राज्यको कर नतिर्नु 

    प्रधानमन्त्री ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

    आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायिक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ । दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको छ । अन्य कम्पनीको भने दुई वर्षदेखि कर दाखिला भएको छैन ।

    पूर्वसांसद समेत रहेका दुगदलाई ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा भने दुगडले कुनै जिम्मेवारी पाएका छैनन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6