Above Article Ad
  • पुनर्वास-११ का स्थानीय  वडा कार्यालयको कामप्रति सन्तुष्ट, थप विकासको माग

    Above Article Content Ad
  • पुनर्बास  –कंचनपुरको दक्षिणी भेग पुनर्बास नगरपालिका  वडा नम्बर ११ का स्थानीय बासिन्दाहरूले वडा कार्यालयको हालसम्मको कामप्रति सन्तोष व्यक्त गर्दै थप विकास परियोजनाहरू अघि बढाउन आग्रह गरेका छन्।

    नेपाली कांग्रेसबाट दुईपटक वडा अध्यक्षमा जितेका विनोद अर्यालले वडाका हरेक गतिविधि निष्पक्ष र पारदर्शी ढङ्गबाट सम्पन्न गर्दै आइरहेको भन्दै स्थानीयहरूले वडा कार्यालयमै पुगी थप विकास परियोजनाहरू अघि बढाउन आग्रह गरेका हुन् ।

    Article inline ad #1
  • वडाले सडक मर्मत, सरसफाइ, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा उल्लेखनीय काम गरेको प्रति स्थानीय बासिन्दाहरूले धन्यवाद दिएका छन्। तर, उनीहरूले अझै बाटो निर्माण, ढल व्यवस्थापन, सार्वजनिक पार्क, युवामैत्री कार्यक्रम जस्ता कामहरू अघि बढाउन आवश्यक रहेको बताएका छन्।स्थानीय बासिन्दाका अनुसार, “वडाले राम्रो काम गरिरहेको छ, तर अझै केही आवश्यक सुधारहरू गर्न जरुरी छ।”

    Article inline ad #2

    वडाध्यक्ष बिनोद अर्यालले स्थानीयहरूको बासिन्दाहरूको सुझावलाई स्वागत गर्दै भने, “हामी समुदायको मागअनुसार थप विकास योजनाहरू ल्याउनेछौं। तपाईंहरूको साथ र सहयोग आवश्यक छ।”

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6