Above Article Ad
  • अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुन अस्ट्रेलिया जाँदै,एसपीएकी नितिका नेपालको प्रतिनिधित्व गर्दै

    Above Article Content Ad
  • धनगढी : शैक्षिक उत्कृष्टता र अन्तर्राष्ट्रिय पहिचानतर्फ एक कदम अघि बढ्दै, एसपीए कलेजकी मेधावी विद्यार्थी नितिका अवस्थी अस्ट्रेलिया जाने भएकी छन् ।

    अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड २०२५ मा नेपालको प्रतिनिधित्व गर्न अबको केही दिनमा नितिका अस्ट्रेलियाको सिड्नी उड्ने भएकी हुन् । यसै वर्षको प्रारम्भमा आयोजित छैटौँ नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ मा सहभागी भई नितिकाले रजत पदक जित्दै आफ्नो प्रतिभाको प्रभावशाली परिचय दिएकी थिइन्। उ

    Article inline ad #1
  • नको यही सफलता र समर्पणको फलस्वरूप अब उनले अन्तर्राष्ट्रिय स्तरमा एसपीए कलेज, सुदूरपश्चिम प्रदेश मात्रै नभई नेपालको नाम उच्च बनाउने अवसर प्राप्त गरेकी छन्। एसइई मा ४ जिपिए ल्याउन सफल, एसपीए कलेजमा कक्षा ११ मा अध्ययनरत नितिकाको अर्थशास्त्रमा गहिरो रुचि, लगनशील अध्ययन र प्रतिस्पर्धात्मक क्षमताको उत्कृष्ट संयोजन अहिले पहिचान बन्दै गएको छ। भने एसपीए कलेजले यस्ता होनहार विद्यार्थीलाई उत्प्रेरणा दिँदै ज्ञान र नेतृत्व क्षमताको विकासमा निरन्तर योगदान दिइरहेको छ। “नितिकाको यो सफलता सम्पूर्ण नेपाली विद्यार्थीका लागि प्रेरणाको स्रोत हो,हामी सधैँ अनुशासित मेहनती, लगनशील र प्रतिभाशाली विद्यार्थीहरू को उत्कृष्ट भविष्य निर्माणको लागि प्रयत्नशील रहन्छौँ ।”

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by