Above Article Ad
  • चौथो भानु कप : मोती अमर क्लबको अनुपस्थितले न्यु पृथ्वी युवा क्लबलाई वाक ओभर

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित न्यु भानु युवा क्लबद्वारा सञ्चालित चौथो भानु कप प्रतियोगिताको पहिलो खेल वाक ओभर हान्दै सम्पन्न भएको छ ।

    शनिबार दिउँसो ११ बजे तोकिएको पहिलो खेलमा मोति अमर युवा क्लबको अनुपस्थित भएपछी आयोजकले न्यु पृथ्वी युवा क्लबलाई वाक ओभरको अवसर दिएको हो ।

    Article inline ad #1
  • खेल तोकिएको समयावधि भन्दा दुई घण्टा पर्खदा सम्म खेलमैदानमा मोती अमर युवा क्लबका खेलाडीहरु उपस्थित नभएपछि आयोजकको निर्णय अनुसार निर्णायक मण्डलले न्यु पृथ्वी युवा क्लबलाई वाक ओभर दिएको थियो ।

    Article inline ad #2
  • त्यस्तै दिउँसो २ बजेबाट भएको दोस्रो खेल आयोजक निलो र शिदार्थ युवा क्लब बी बीच भएको थियो ।
    जसमा आयोजक निलोलाई शुन्यका विरुद्ध ८ गोल प्रहार गर्दै शिदार्थ “बी” टिमले अग्रता पाएको थियो ।

    मंसिर १५ देखि २५ गते सम्म संचालन हुने चौथो भानु कप वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार र द्वितीय पुरस्कार ७७ हजार ७ सय ७७ रुपैयाँ राखिएको क्लबका सचिव जयबहादुर सिंह ठकुरीले जानकारी दिए ।

    उद्घाटन पछिको पहिलो खेलमा नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका सदस्य किशाेर तामाङकाे प्रमुख आतिथ्यमा संचालन भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button