Above Article Ad
  • पुनर्वास-६ बाट गठबन्धन दलका उम्मेदवार लालबहादुर बोहराले सार्वजनिक गरे चुनावी प्रतिबद्धता

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-६ मा गठबन्धन दलबाट एकीकृत समाजवादीका तर्फका उम्मेदवार लालबहादुर बोहराले आफ्ना चुनावी प्रतिबद्धता  सार्वजनिक गरेका छन्  ।

    सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडाका समस्याहरु समाधान गर्ने योजनाका विषयमा वडाबासीहरुका माझमा गठबन्धन दलका वडाध्यक्ष उम्मेदवार बोहराले थुप्रै एजेन्डा सहितको चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन ।

    Article inline ad #1
  • उनको प्रतिबद्धता पत्रमा स्वास्थ्य क्षेत्रमा  सुधार, शिक्षा तर्फ प्राविधिक शिक्षा र तहगत शिक्षकको व्यवस्था , भुमि तर्फ सुकुम्बासी समस्या समाधान , वन तथा वातारण तर्फ बन क्षेत्रको संरक्षण तथा पर्यटकिय स्थलहरुको विकास गर्दै शव दाह स्थलको व्यवस्थापन गर्ने, वडा सौन्दर्यीकरण तर्फ वडा भित्रको भानु पार्कलाई बाल उधानमा परिणत गरी बजार क्षेत्रलाई हराभरासंगै फोहोर व्यवस्थापनमा जोड, विधुतीय सिचाईमा पहुँच , पशुपंक्षी तथा कृषि तर्फ आधुनिकरणसंगै तरकारी र फलफुलमा विशेष जोड गर्दै पशुमा नश्ल सुधार ल्याउने, पुस्तकालय र रेडक्रसका लागि बजेट बिनियोजित गर्ने, सबै समुदायको संस्कृतिको जगेर्ना गर्दै वडा भित्रका गतिविधिमा हुने अनियमितता र भ्रष्टचार शुन्य गर्ने कुराहरु उल्लेख गरेका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6