Above Article Ad
  • बैतडीमा निर्वाचनलाई मध्यनजर गर्दै मदिरा बिक्री–वितरणमा कडाइ

    Above Article Content Ad
  • दशरथचन्द-आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा ओसारपसारमा कडाइ गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

    जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७स्०० बजेपछि मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ। व्यवसायीहरूसँग छलफल गरेर मदिराजन्य पदार्थको बिक्री, वितरण र उपभोगलाई व्यवस्थित बनाउन कडाइ गर्ने निर्णय गरिएको उनले बताए।

    Article inline ad #1
  • मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिने तथा फागुन ११ देखि २४ गतेसम्म मदिरा ढुवानी र ओसारपसार नगर्ने निर्णय गरिएको पनि थारूले बताए। निर्णय उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

    Article inline ad #2

    निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by