
कञ्चनपुरबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
Above Article Content Ad
कञ्चनपुर-कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईस्थित हुलाकी राजमार्गबाट प्रहरीले ९४० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरा गाउँका २४ वर्षीय प्रकाश चौधरी, २५ वर्षीय शिव चौधरी र २२ वर्षीय अविनास चौधरी रहेका छन्।
प्रहरी चौकी पचुईबाट खटिएको टोलीले शंकास्पद रूपमा से ३ प १९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषध फेला पारेपछि पक्राउ गरेको हो। बुधबार राति प्रहरीले लागूऔषध र मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















