
ऐश्वर्यमा अनेरास्ववियुको संयुक्त प्यानलबाट सदस्यमा जोशीको उम्मेदवारी
धनगढी – चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि विभिन्न दल निकट बिधार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
कैलालीको धनगढी स्थित ऐश्वर्य बहुमूखी क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियूको संंयुक्त टिमबाट प्रत्यक्ष तर्फबाट सदस्यमा दिपकराज जोशीले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
सदस्य पदका उम्मेदवार जोशीले विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि आफ्नो उम्मेदवारी रहेको दावी गरेका छन्।
शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको हकहितमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को लागि अनेरास्ववियु बिधार्थी संगठन आवश्यक रहेको उनको भनाई छ ।
अन्य विद्यार्थी सङ्गठनभन्दा अनेरास्ववियु संगठनले उठाएका एजेण्डाहरु विद्यार्थीका पक्षमा रहेकाले आफु लगायत सम्पूर्ण टिमलाई नेतृत्व गर्ने अवसरका लागि विजयी गराईदिन सदस्य पदका उम्मेदवार जोशीले बिन्ति गरेका छन् ।
अनेरास्ववियूबाट सदस्यका उम्मेदवार जोशी ऐश्वर्य बहुमुखी क्याम्पसको बिबिएस दोस्रो वर्षमा अध्ययनरत बिधार्थी हुन् ।