Above Article Ad
  • कैलालीमा घाँटी रेटेर युवकको हत्या

    Above Article Content Ad
  • धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ।

    २८ वर्षीय केशरबहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार, शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि बुढाको हत्या भएको हो।

    Article inline ad #1
  • हत्यापछि मृतकको टाउको छिनाएर बोकी सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा उनीहरू पक्राउ परेका थिए। प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने शरीर घटनास्थलमै रहेको जानकारी दिएको छ। डीएसपी अवस्थीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। यस बीभत्स घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6