Above Article Ad
  • बाजुरामा सुविधायुक्त कारागार नयाँ भवन निर्माण प्रक्रिया सुरु

    Above Article Content Ad
  • बाजुरा -बाजुरा जिल्ला कारागारको सुविधायुक्त नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । बाजुरामा ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको सुविधायुक्त कारागार निर्माण हुन लागेको हो ।

    सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी पुरानो भवन भत्काएर नयाँ भवन निर्माण कार्य सुरु गरिएको छ । २०३७ सालमा बनेको भवन जीर्ण बन्दै गएपछि नयाँ भवन बनाउन लागिएको जिल्ला कारागार कार्यालय बाजुराका प्रमुख जेलर अनिलकुमार तिवारीले बताए ।करिब ४५ वर्ष पहिले २५ जना कैदीबन्दीका लागि कारागार निर्माण गरिएको थियो । कैदीबन्दी थपिँदै गएकोले भवन साँघुरो हुँदै गएको महसुस गरी नयाँ भवन निर्माण गर्न लागिएको जिल्ला कारागार बाजुराले जनाएको छ ।

    Article inline ad #1
  • कारागारका प्रमुख जेलर तिवारीले यहाँका कैदीबन्दीलाई विभिन्न समस्या भइरहेको भन्दै आफू जिल्लामा आएलगत्तै भवन निर्माणका लागि पहल थालेको बताए । लामो पहलपछि महिला र पुरुष गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको कारागारको नयाँ भवन निर्माण कार्य सुरु गरिएको तिवारीको भनाइ छ ।शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको ५ करोड बढी बजेटमा कारागारको सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।

    Article inline ad #2

    कारागारको नयाँ भवन निर्माणका लागि २०८२ भदौमा ५ करोड ९८ लाख ४८ हजार ४९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । २०८३ फागुन मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा डीबी बीएन एस जेभीले लिएको छ ।कारागारको नयाँ भवन निर्माण कार्य सुरु भएसँगै कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।

    कारागार प्रमुख जेलर अनिल तिवारीले दशैं–तिहारमा ४० जना कैदी बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय नौवस्ता कारागारमा सारिएको बताए । त्यस्तै ७ जना कैदी कैलाली र १८ जना थुनुवालाई अछाम जिल्ला कारागार स्थानान्तरण गरिएको छ ।२०३७ सालमा २५ जना पुरुष कैदीबन्दीका लागि बनेको कारागारमा अहिले तेब्बर बढी संख्यामा कैदीबन्दी बस्दै आएका थिए । त्यस्तै कारागारभित्र खान-बस्नका साथै वर्षातमा पानी चुहिने समस्या थियो भने सुरक्षाकर्मी बस्ने भवनसमेत जीर्ण थियो ।

    कारागार प्रशासन भने अहिलेसम्म भाडामा बसिरहेको छ । महिला र पुरुष दुवै गरी ७५ जनाको क्षमता भएको कारागारको सुविधासम्पन्न भवन निर्माण भएपछि कैदीबन्दी, सुरक्षाकर्मी तथा प्रशासनलाई खान-बस्नसहित सुरक्षामा समेत सहजता हुने कारागारले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6