Above Article Ad
  • पुनर्वास नगरपालिकाले भू-सेवा केन्द्र सञ्चालनसँगै लालपुर्जा वितरण

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिकाले भूसेवा केन्द्र सञ्चालन गरेसँगै पहिलो लालपुर्जा वितरण गरेको छ।

    पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले पुनर्वास-६ निवासी धनसरा बुढाथोकीलाई पहिलो लालपुर्जा हस्तान्तरण गर्दै भूसेवा केन्द्रको सुरुवात गर्नुभएको हो ।

    Article inline ad #1
  • लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख शर्माले भूसेवा केन्द्रमार्फत अबका दिनमा पालिकाबाटै धेरै कामहरू हुने बताउनुभयो ।

    Article inline ad #2

    सिङ्गो कित्ताहरूमा अहिले काम भइरहेको भएपनि कित्ता काट लगायतका कामहरू पालिकाबाट गर्न नमिल्ने पुनर्वास नगरपालिकाका प्रशासकीय अधिकृत शंकर बोगटीले जानकारी दिनुभयो । मालपोत कार्यालय बेलौरी जानै नपर्ने भन्ने होइन, तर केही कामहरू अब पालिका मार्फत नै हुने उहाँले जानकारी दिनुभयो ।

    सुदूरपश्चिम प्रदेशमै धनगढी उपमहानगरपालिका लम्कीचुहा नगरपालिका र पुनर्वास नगरपालिकाले पहिलोपटक भूसेवा केन्द्र सञ्चालन गरेको छ। भूसेवा केन्द्र सञ्चालन भएपनि पुनर्वास नगरपालिका सुदूरपश्चिमै पहिलो लालपुर्जा हस्तान्तरण गर्ने पालिका बनेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6