
भारतीय ज्यादती विरुद्ध खनिने नेता पन्त समानुपातिककाे सुचीमा
भारतीय ज्यादती विरुद्ध खनिने बेलाैरीका काँग्रेस नेता प्रकाशराज पन्त समानुपातिककाे सुचीमा परेका छन् ।
नेपाली काँग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि समेत रहेका पन्त समानुपातिक बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका हुन् । नेता पन्त कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट सुचीमा परेका हुन् ।
प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फबाट सिफारिस भएका पन्त किसान आन्दोलनका अगुवा सहिद भीमदत्त पन्तका नाति हुन् । पुर्खाैली घर डडेल्धुरा भएका पन्त नेपाली काँग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाका विश्वासिला पात्रका रुपमा समेत चिनिन्छन् ।
विगत लामाे समयदेखि बेलाैरीमा समाज सेवा गर्दै आएका पन्तले ऐतिहासिक कालिका मन्दिर निर्माण अभियान सञ्चालन गरेर जनता माँझ लाेकप्रिय बनेँ । यतिमात्र नभइ पछिल्लोपटक बेलाैरी बेलडाँडी क्षेत्रमा भारतीय पक्षले गरेको सीमा अतिक्रमणका विरुद्ध खुला मैदानमै उत्रिए ।
उनी नेपाली भूमिमा रातारात गाडिएका सीमा पिलर ताेडफाेडकाे नेतृत्व गर्ने एक राष्ट्रप्रेमी याेद्धा समेत हुन् । मातृभूमिकाे रक्षाका लागि ज्यानकाे बलिदानी दिन समेत पछि नहट्ने पन्तले बेलडाँडीकाे बैवाह र बेलाैरीकाे ३८ नम्बर पिलर क्षेत्रबाट भारतीय एसएसबीहरुलाई हुत्याउदै लखेटेका थिए । नसामा सहिद भीमदत्त पन्तकाे रगत भएका कारण पनि उनी अन्याय अत्याचार सहन नसक्ने बताउँछन् ।
बेलाबखत भ्रष्टाचार विरुद्ध चर्काे बाेल्ने नेता पन्तले युवा पुस्ताकाे मनमा समेत डेरा जमाएका छन् । महाधिवेशन प्रतिनिधि समेत रहेका पन्तले नेतृत्व गर्न पाए समाज रुपान्तरण गर्दै सर्वहारा वर्गको सेवा गर्ने बताए । यद्यपि उनको पहुँच क्षमता र लाेकप्रियताले समानुपातिक सदस्यमा सिट सुनिश्चितता अंक बढेको विश्वास गर्न सकिन्छ ।- रेडियो सुदुरसन्चारबाट साभार