Above Article Ad
  • गेटा आँखा अस्पतालका शिविरबाट डडेल्धुरा, बैतडी र दार्चुलामा २ हजारभन्दा बढी लाभान्वित

    Above Article Content Ad
  • धनगढी-नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाको आयोजनामा तथा सेभा नेपाल र रुईत फाउण्डेशनको सहयोगमा डडेल्धुरा, बैतडी र दार्चुलामा सञ्चालन गरिएका आँखा शिविरबाट दुई हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।

    मिति २०८२ माघ ४ देखि १६ गतेसम्म डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको मेलौली र श्रीकोट तथा दार्चुला जिल्लाको खलंगामा सञ्चालन गरिएका चारवटै शिविरमा गरी २ हजार १ सय ३२ जनाले निःशुल्क आँखा उपचार सेवा लिएका थिए। तीमध्ये ३२० जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरी गुमेको दृष्टि पुनः प्रदान गरिएको थियो भने अन्य आँखाका बिरामीलाई शिविरमै निःशुल्क औषधि उपचार गरिएको थियो।

    Article inline ad #1
  • चश्माको आवश्यकता भएका सेवाग्राहीमध्ये ५६५ जनालाई निःशुल्क र ५०८ जनालाई विशेष छुटमा गरी कुल १ हजार ७३ जनालाई चश्मा वितरण गरिएको थियो। शिविरहरू जोगबुढा अस्पताल डडेल्धुरा, प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बैतडी, महेन्द्र माध्यमिक विद्यालय खलंगा दार्चुला र सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीमा सञ्चालन गरिएको थियो।

    Article inline ad #2

    शिविर सञ्चालनमा परशुराम नगरपालिका, मेलौली नगरपालिका, महाकाली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले स्थानीय आयोजकका रूपमा महत्वपूर्ण योगदान दिएका थिए। आर्थिक अभाव तथा अस्पतालसम्म पुग्न नसकी उपचारको प्रतीक्षामा रहेका ग्रामीण क्षेत्रका बिरामीहरू शिविर सञ्चालन भएपछि प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

    दार्चुलाको खलंगा र बैतडीको श्रीकोटमा सञ्चालित शिविर गेटा आँखा अस्पतालका चीफ मेडिकल डाइरेक्टर तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेशराज पन्तको नेतृत्वमा सम्पन्न भएका थिए भने डडेल्धुराको जोगबुढा र बैतडीको मेलौलीमा सञ्चालित शिविर वरिष्ठ नेत्र विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा १४ जना प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए। स्थानीय पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी तथा नेपाल नेत्रज्योति संघ बैतडी र दार्चुलाका पदाधिकारीहरूले शिविर व्यवस्थापनमा सक्रिय सहयोग गरेका थिए।

    गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टका अनुसार गेटा आँखा अस्पतालले यस प्रदेशमा आँखा उपचार सेवामा सबैको पहुँच विस्तार गर्दै अन्धोपन न्यूनीकरण गर्ने लक्ष्यका साथ नियमित सेवासँगै प्रदेशका नौ वटै जिल्लामा वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by