Above Article Ad
  • निपा भाइरसको जोखिमबाट बच्न भारतबाट आउने व्यक्तिमा निगरानी बढाइयो

    Above Article Content Ad
  • धनगढी-भारतको केही प्रान्तमा घातक निपा भाइरसको संक्रमण पुष्टि भई संक्रमण बढ्दो क्रममा रहेकाले खुल्ला सीमा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीले त्रिनगर नाकामा रहेको हेल्थ डेस्कमार्फत भारतबाट आउने व्यक्तिमा निगरानी बढाएको जनाएको छ।

    स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले भारतबाट आउने व्यक्तिमा ज्वरोको लक्षण देखिएमा आइसोलेसनमा राखेर नमुना संकलन गरी परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको जानकारी दिएका छन्। उनले निपा भाइरसको खोप नभएकाले सावधानी नै सुरक्षा रहेको बताएका छन्।

    Article inline ad #1
  • कुँवरले काँचो खजुरको रस र चमेराले टोकेको फल नखान, फलफूल धोएर र बोक्रा निकालेर मात्रै खान र बिरामी जनावर छुँदा पञ्जा र सुरक्षा अपनाउन आग्रह गरेका छन्। उनले निपाह संक्रमणको शंका भएका बिरामीसँग व्यक्तिगत सुरक्षाका उपायहरु नअपनाई सम्पर्क नगर्न, बिरामीको हेरचाहपछि हात साबुनपानीले राम्ररी धुन र शंका लागेमा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

    Article inline ad #2

    मानसिक संक्रमण फैलिएको स्थानहरु भ्रमण गरी फर्किएका व्यक्तिहरुलाई निश्चित समयका लागि क्वारेन्टाइन बस्न सुझाव दिँदै समुदायमा आधारित रोग निर्देशिका २०८२ बमोजिम निगरानी गराउन स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by