Above Article Ad
  • एस.पि.एल. एकेडेमी विद्यालयको २० औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका -३मा रहेको एस.पि.एल. एकेडेमी विद्यालयको वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

    बिहीबार एक भव्य समारोहका बीच विद्यालयको २० औँ वार्षिक उत्सव सम्पन्न भएको छ।

    Article inline ad #1
  • कार्यक्रममा विद्यालयका अध्यक्ष धनराज भट्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत शिवराज भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा जनता बहुमुखी क्याम्पसका अध्यक्ष पदम बहादुर थापा हुनुहुन्थ्यो।

    Article inline ad #2

    विद्यालयलाई निरन्तर १५ वर्ष सम्म सेवा अवधि पूरा गरेका शिक्षक-शिक्षिकाहरु गीता सापकोटा , शान्तिमाया तामाङ, अम्मरराज उपाध्याय, ऋषिराम अधिकारी , हरिनन्द राना र एस.पि.एल. कप २०८२ को व्यवस्थापनमा खटिएका शिक्षक रमेश कुमार जोशीलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

    विद्यालयको वार्षिक उत्सव कार्यक्रममा अन्तर्गत आयोजना गरिएको भलिबल प्रतियोगिताको छात्रातर्फ श्री गौरीशंकर माध्यमिक विद्यालय पुनर्वास-५ लाई प्रथम पुरस्कार नगद १० हजार सहित म्याडल प्रमाणपत्र प्रदान गरिएको थियो।

    जसमा खेलाडीहरू सीमा साउद, आशिका खड्का, समीक्षा बिक, लक्ष्मी थापा , आशिका पूजारा, आयुषा रोकाया, सानो बिक , आशिका बोहरा र भूमिका बोहरा सहभागी थिए ।

    छात्रतर्फ श्री सरस्वती माध्यमिक विद्यालय पुनर्वास-२ लाई प्रथम पुरस्कार नगद १० हजार सहित म्याडल प्रमाणपत्र प्रदान गरिएको थियो।
    खेलाडीहरू राजबहादुर चन्द, महेश सार्की, वीरेन्द्र प्रसाद भट्ट, मनोज धामी शिशिर चन्द, सबिन दुबाल , अभिषेक देवकर, वीरेन्द्र सिंह चाड र राकेस सिंह धनाडी सहभागी थिए।

    त्यस्तै, छात्रातर्फ श्री पुनर्वास जनता माध्यमिक विद्यालय पुनर्वास-६ लाई द्वितीय पुरस्कार नगद ८ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरेको थियो ।

    खेलमा मनिषा थापा, शारदा जोशी, नमुना बुढाल, पवित्रा सार्की, रोशनी खड्का, दीक्षा थापा, देवी खड्का, मनिषा ढाँट ,भावना बि.क. सहभागी थिए।

    छात्रतर्फ आयोजक विद्यालय एस.पि.एल. एकेडेमीले द्वितीय पुरस्कार नगद ८ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरेको थियो ।
    जस्मा समिर खड्का ,पारस चन्द, विकास भण्डारी, राकेश बिक, हरि पोखरेल , नवराज शाही, निरञ्जन शाही, इन्द्र बहादुर खड्का र दिपेन्द्र तामाङ सहभागी थिए ।

     

    त्यसैगरी, प्रतियोगितामा छात्रातर्फ श्री सरस्वती माध्यमिक विद्यालय पुनर्वास नगरपालिका २ लाई नगद ५ हजार, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । खेलमा किरण खत्री, ईशा चन्द, संगीता शाही ,पुष्पा सुनार, आरती भाट ,अन्जु चन्द , प्रियंका साउद ,निर्मला महता र हिरा चन्द सहभागी थिए ।

    छात्रतर्फ श्री बागेश्वरी माध्यमिक विद्यालयका पुनर्वास ८ ले नगद ५ हजार, मेडल प्रमाणपत्र प्राप्त गरेको थियो। खेलमा प्रेमप्रसाद जैसी, प्रदिप सुनार, डम्मर रावत, धन रावत, खडक बहादुर बिष्ट, प्रकाश किमाडी, दीपक ओली, बयान बिक, सुरेश ऐडी, सहभागी थिए।

    प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीछात्रलाई ट्रफी समेत वितरण गरिएको थियो।

    कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट बोल्नुहुँदै पुनर्वास नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत शिवराज भट्टले विद्यालयको सफलता शुभकामनासँगै यस विद्यालयले गुणस्तरीय शिक्षा दिन सफल भएको बताउनुभयो ।

    शिक्षाको वर्तमान अवस्था हेर्दा अभिभावक र विद्यार्थीको महत्त्वपूर्ण भूमिकाले एकातिर विज्ञान–प्रविधिको विकास र अर्कोतिर राजनीतिक परिवर्तनले समाजलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले,पहिलेको तुलनामा हिजोआजका बालबालिका तथा किशोरकिशोरीले सोच्ने तरिका, समय व्यतीत गर्ने तरिका, साथीभाइ भेटघाट गर्ने तरिका, मनोरञ्जनको तरिका तथा अध्ययनको तरिकामा धेरै परिवर्तन आएको उहाँको भनाइ थियो।

    प्रत्येक विद्यार्थीको रुचि, क्षमता तथा उद्देश्य अर्कोको भन्दा फरक हुन्छ अभिभावकको शैक्षिक, भौतिक, आर्थिक, प्राविधिक तथा प्रशासनिक पक्षहरू सुधार गरी उपयुक्त वातावरण निर्माणमा अभिभावकको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो।

    विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा अभिभावक र विद्यार्थीहरूको बाक्लो सहभागी थियो भने कार्यक्रम संचालन व्यवस्थापक नन्दराज जोशी, शिक्षकद्वोय रमेश जोशी र पूजा क्षेत्री थापाले गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by