
पुनर्वास नगरपालिका को १८ औं नगरसभा सम्पन्न
पुनर्वास-पुनर्वास नगरपालिका को १८ औं नगरसभा बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बुधबार नगरपालिकाको आफ्नै सभाहलमा १८ औं नगरसभा तथा हिउँदे अधिवेशन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका सभाअध्यक्ष तथा नगर प्रमुख तोय प्रसाद शर्माले नगर सभाको उद्घाटन गर्दै गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नगरपालिकामा तोडफोड र आगजनी पछि नगरपालिकाको अधिकांस कार्य हरू अस्तव्यस्त भएको र नगरपालिकाले आफ्नो कामकाज हरू सुन्य बाट सुरु गर्नुपरेको बताउनुभयो ।
नगरपालिकाको कार्यालयमा भएको आगजनी तोडफोड र लुटपाटको क्रममा भएको क्षति ले कार्यालय को दैनिक कामकाज प्रभावित भई नियमित कामकाज पनि प्रभावित भई सोंचेअनुरूप काम नभएको नगर प्रमुख शर्माले प्रतिवेदनमा उल्लेख गर्नुभयो ।
नगरप्रमुख शर्माले देश अहिले विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा जनप्रतिनिधिको हैसियतले हरेक परिस्थितिको सामना गर्दै साथै वर्तमान परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।
गत भाद्र २३ र २४ गते भएको अकल्पनीय आन्दोलनका क्रममा ज्यान गुमाउने शहिद परिवार प्रति हार्दिक श्रदा सुमन व्यक्त गर्दै आन्दोलनका क्रममा भएको क्षति ले दैनिक कामकाजमा पुर्याएको असरलाई विस्तारै न्युनिकरण गर्दै कामकाज लाई निरन्तर अगाडि बढाउन जनप्रतिनिधि एबं नगरपालिका का कर्मचारी सबअहम भुमिका खेल्नुपर्ने कुरामा नगर प्रमुख शर्माले जोड दिनुभयो ।
१८ औं नगरसभामा चालू आर्थिक बर्षको पुस मसान्तसम्मको चालुगत खर्च तर्फ ८५ करोड ५१ लाख ७९ हजार ०६१ रूपैयाँ र पुजिंगत तर्फ १६ करोड ७४ लाख १६ हजार ५६१ रूपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।
नगरसभामा १५ वटा संघ संस्था तथा फर्मलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गत भाद्र २३ र २४ गते जेनजी आन्दोलन का क्रममा तोडफोड र आगजनी घटनाक्रम मा पुनर्वास नगरपालिका मा समेत अकल्पनीय क्षति हुन गएको र आगजनी र तोडफोड पछि पुनर्वासी जनताले प्राप्त गर्दै आएको सबै प्रकारका सेवा हरू ठप्प हुँदै आएको थियो । सोही बिषयलाई मध्येनजर गरि नगरपालिकाले गरेको अनुरोधमा उल्लेखित संघ संस्था हरूले स्वस्फूर्तरूपमा बिभिन्न समयमा निम्न प्रकारको सहयोग हरू उपलब्ध गराएका थिए ।

सम्मानित हुने फर्म तथा संघसंथा हरू दाउत निर्माण सेवा पुनर्वास नगरपालिका २ अरनि बस्तिका का सञ्चालक दाउत तामाङ , एन एन एस डब्ल्यु ए तथा मर्सिकोर नेपाल , हेफर प्रोजेक्ट नेपाल तथा निडस नेपाल , भागेस्वर सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्राली पुनर्वास , आलोक मल्टिकन्सर्ट , आदित्य ईम्फोसिस , नेपालीको राष्ट्रिय वहाई समुदाय आध्यात्मिक सभाको सभापति पुनर्वास , सुदूरपश्चिम नेपाली समाज भारत , पुनर्वास नगरपालिका ८ अलंकार पब्लिक स्कुल , केदारी बिजुली भण्डार , करन काष्ठ तथा फर्निचर उधोग धनगढी , दिपेश ईम्पोरियम धनगढी , कल्पना श्रेष्ठ न्यु पुनर्वास ट्रेडर्स र ग्लोबल फार्मेसी धनगढी लगायत रहेका छन ।

उल्खित व्यवसायी फर्म तथा संघ संस्था ले पुनर्वास नगरपालिका लाई फर्निचर , कम्प्युटर , प्रिन्टर हरू , हार्ड डिस्क , प्रोजेक्टर , स्टेण्ड पंखा , स्मार्ट बोर्ड , साथै १५ प्रकारका अत्यावश्यक औषधि लगायत सामाग्री हरू सहयोग गरेका थिए ।
कार्यक्रम को सञ्चालन नगरपालिका का योजना प्रमुख शंकर बोगटी र फोकल पर्सन ओमनाथ ढकालले गरेका थिए ।
















