Above Article Ad
  • धनगढीमा केही फार्मेसीहरू अनुमति बिना विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्दै

    Above Article Content Ad
  • धनगढी : कैलालीको धनगढीमा केही फार्मेसीहरूले अनुमति बिना विशेषज्ञ स्वास्थ्य उपचार सेवा सञ्चालन गर्दै आएका पाइएको छ।

    Article inline ad #1
  • कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीसहितको टोलीले अनुगमन गरेपछि फार्मेसीहरूले अनुमति बिना विशेषज्ञ सेवा सञ्चालन गरेको भेटिएको हो। धनगढी उपमहानगरपालिका–१ सेती प्रादेशिक अस्पताल नजिक रहेको विसेक फार्मेसी औषधी व्यवस्था विभागमा दर्ता छ। तर, फार्मेसीले अन्य सेवासमेत दिने गरेको भिटिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी जोशीले विसेक फार्मेसी दर्ता भएको बताइन्। तर, अनुमति बिनै विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरिरहेको पाइएको उनले बताएकी छन्।

    Article inline ad #2

    धनगढी उपमहानगरपालिका–४ मा रहेको शुभारम्भ फार्मेसी दर्ता छ। तर, फार्मेसीका रूपमा दर्ता भएपनि शुभारम्भले अहिले विशेषज्ञ चिकित्सकसहितको सेवा दिइरहेको पाइएको छ। अहिलेसम्म अनुमति बिनै सेवा प्रदान गरिरहेको हो। सोही फार्मेसीभित्र आरम्भ प्याथोलोजी पनि रहेको छ। कुनै पनि निकायमा दर्ता नगरी प्रयोगशाला सेवा सञ्चालनमा रहेको अनुगमन टोलीले फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीले बुधवार धनगढीका १६ वटा फार्मेसी, पोलिक्लिनिक तथा प्रयोगशालाको निरीक्षण गरेको थियो। जसमा अधिकांश फार्मेसीहरुले अनुमति बिनै सेवा थप गरेका भेटिएको हो। केही नविकरणसमेत नभएका भेटिएका छन।

    स्वास्थ्य कार्यालय निजि स्वास्थ्य संस्थालाई दर्ता नविकरण गर्न भनी सूचना जारी गर्दा केही स्वास्थ्य संस्थाले कागजपत्र बुझाएका छन। तर, अधिकांश सो प्रक्रियामा आउन नसकेको स्वास्थ्य कार्यालय, कैलालीले बताएको छ।सुदूरपश्चिम प्रदेश सरकारले बनाएको जनस्वास्थ्य ऐन, २०७६ अनुसार सरकारी स्वास्थ्य संस्थाको तीन सय मिटर वरपर कुनै पनि निजि स्वास्थ्य संस्था, विशेषज्ञ क्लिनिक, क्लिनिक, पोलिक्लिनिक, अस्पताल सञ्चालन गर्न नपाउने व्यवस्था छ। स्वास्थ्य कार्यालयले सो ऐनलाई देखाउँदै सेती प्रादेशिक अस्पताल नजिक रहेका नयाँ क्लिनिक, फार्मेसी, प्याथोलोजी, प्रयोगशाला, अस्पतालहरूलाई दर्ता नविकरण अनुज्ञापत्र दिन रोकेको छ। तर, अहिले स्वास्थ्य कार्यालयमा विशेषज्ञ सेवाको अनुमति नलिई धमाधम नयाँ निजि स्वास्थ्य क्लिनिकहरू खुल्ने क्रम बढीरहेको छ। तर, प्रशासन, स्थानीय तह र स्वास्थ्य कार्यालय यी स्वास्थ्य संस्थाको नियमनमा ध्यान दिन सकेको छैन।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6